Posted on Nov 19, 2011

Moving on..

जीवन संघर्ष हो | सारै सामान्य बाक्य | तर यसैलाई भोग्दै जाँदा, प्रतक्ष्य रुपमा जुद्धै जाँदा अनि साँच्चै आफैसामु सिंगो संघर्ष ट्राफिक लाईट जस्तो ठिंग उभिदां, कयौ असामान्य परिस्थिती आईपर्छन | सफलताको कथा संयोगान्त हुन्छ | तर, अरुको प्रगती र त्यसपछिका ‘होमवर्क’, दुई फरक बिषय हुन् | झन यो अहिलेको पुस्ता नितान्त ‘फरक’ गर्न चाहन्छ, राम्रो गर्न चाहन्छ र ती सब छिटो गर्न चाहन्छ | हामीले धेरै कथा सुनेका छौ, ती सबै जित्नेहरुकै हुन् | जीतको रातो रिबन फहराउने बिन्दुसम्म आइपुग्न,तिनीहरुले कति माईल घस्रीएका छन् , त्यसले साच्चिकै माने राख्छ | बिदेशीका थुप्रै उदाहरण देखेका छौं, जीवनी पढेका छौ र सायद भेटेको पनि हौला | Silicon Valleyका त्यतिबेलाका ‘अल्लारेहरु’ले अंगालेको बाटो अहिले सूचना-प्रविधिमा संसार हाँक्ने methodology बनेका छन् | Steve Jobs, Zuckerberg र Bill Gates का कथा सबैलाई कण्ठ छन् | तर नेपालमा पनि त्यस्ता अनेकौ व्यक्तिहरु छन् जसले दशकौ सम्म गुमनाम भएर संघर्ष जारि राखे, सुचना प्रविधि, मिडिया, संचार, आदि क्षेत्रमा प्राबिधिक तथा व्यबस्थापकिय क्षमताका कारण अहिले ‘स्थापीत’हरुको सुचिमा पुगे |
बिशेषगरि हामि युवाहरुको लागि, एउटा company खोल्नु, थाहा छैन कति वटा चिया पसलका गफ-गाफ र छलफलले मुर्त रुप लिनु हो | एउटा आफ्नु अनुभव : थुप्रै साथीहरुसंगको चियागफ – Internet मा खोज – Idea को खोजि अनि collection – घर परिवारसंग सल्लाह – सहमति / असहमति – पैसाको व्यवस्था – हिम्मतको बिकास – commitment – कागजी प्रक्रिया – ठाउँको छनौट – कहिल्यै नभोगेका अफ्ठ्याराहरु - frustration - फेरी सम्हालिनु – अफिस setup — अनि सुरुवाती दिनको लड्डु – cheers ! अनि त्यसपछिका managerial skills र कामको रफ्तार : आफुमा भर पर्ने कुरो |

सफलताको बारेमा Winston Churchill ले भनेका थिएSuccess is the ability to go from one failure to another with no loss of enthusiasm. यस्तै एउटा जापानिज उखान छ – Fall seven times, stand up eight. तर के, आदर्शले मात्रै हामीलाई माथि उठाउला ? आफुले साच्चै अंगाल्न मिल्ने ब्यबहारिक पनि केहि छ कि …. एउटा प्रसंग :

When I woke up this morning lying in bed, I was asking myself, ‘What are some of the secrets of success in life?’ I found the answer right there, in my very room. The fan said…Be Cool. The Roof said…Aim High. The window said…See the World. The Clock said…Every minute is precious. The Mirror said…Reflect before you act. The Calender…Be up-to-date. The door said…Push hard for your goals.

यो बेला आफु भन्दा senior को अनुभवले धेरै काम गर्ने रहेछ | नयाँ केहि काम गर्न पैसा मात्र भए हुने हो कि, हातमा सुको नभएपनि हिम्मतले मात्र चल्ने हो, एक्लै सुरु गर्दा के सजिलो के अफ्ठ्यारो, partnership गर्नुका फाईदा/ बेफाईदा, नयाँ company खोलेर पछि काम पाईएन भने के गर्ने, नयाँ concept लाई मात्र अघि सार्दा नेपालमा कति scope रहला, आदि यस्ता अनेकौ प्रश्न तथा शंका हामि सबैमाझ उत्पन्न हुनु स्वभाबिक हो | तसर्थ, हाम्रो सानो प्रयास, नेपालका केहि कुशल अग्रज तथा प्रसिद्ध संस्थाहरुका संस्थापक अनि ब्यबस्थापकहरुसंग उनीहरुको संस्थापक केहि व्यक्तिगत अनुभवको शृंखला सुरु गर्ने जमर्को गरेका छौ |
हामी आगामी केहि अंकहरुमा, हाम्रो टीमले सानो अध्ययन गरि तयार पारेका Veteran हरुसंगको कुराकानी प्रस्तुत गर्ने छौ | तपाईलाई पनि त्यस्ता जिज्ञासा तथा कोहि त्यस्ता व्यक्ति, जसको विचारले हामि सबैलाई प्रेरणा मिल्न सक्छ, फाईदा पुग्न सक्छ, अनि अनुभवको त्यो बहाब सुन्दर लाग्न सक्छ, email गर्नुहोला; त्यसमा तपाईंका प्रश्नहरु समेत समाबेश हुनेछन् | आगामी post को प्रतिक्ष्या गर्नुहोस  ||
By : Bhoowan

Posted on Mar 14, 2011

First post

We see possibilities of “Semicolon Valley” here in Kathmandu valley. Semicolonvalley.org will be a place where we are thinking to list stories of our successes and failures in technology sector in Nepal, equally advocating the idea of united efforts and how we can keep the programmers’ community here growing.

If you want to get answers to few wh-questions about Semicolon Valley and how it all begun, please visit About page.